
काठमाडौँ, ७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा एक हजार ३५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ७२९ र एन्टिजेन विधिबाट १ हजार ४४५ एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ३५१ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख १५ हजार ६९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ८९० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेको छ ।
हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५०९ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया