१ कार्तिक २०८३, आइतबार

स्थायी कमिटी स्थगित गरेर सम्पादकहरूसँग भेट गर्दै अध्यक्ष ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी स्थायी कमिटीको बैठक स्थगित गरेका छन् ।

अध्यक्ष ओलीको केहीबेरमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भेटघाटको कार्यक्रम भएकाले जारी बैठक केही समयका लागि स्थगित गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार अध्यक्ष ओलीले बानेश्वरमा सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गर्ने छन् । उक्त भेटघाटपछि पुनः स्थायी कमिटी बैठक बस्ने बताइएको छ ।

तामाङका अनुसार स्थगित भएको बैठक आजै दिउँसो ३ बजे बस्ने तयारी छ । यसअघि बसेको बैठकमा १०औं महाधिवेशनको तयारीबारे रिपोर्टिङ सकिएको छ ।

अब फेरि बस्ने बैठकमा विभिन्न क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको अवस्था, केन्द्रीय कमिटीबाट मनोनित हुने प्रतिनिधि सिफारिस, महाधिवेशन सञ्चालन तालिका र निर्वाचन प्रक्रियाबारे छलफल हुने कार्यसूची रहेको बताइएको छ ।