शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गोतामेको निबन्ध संग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक

दैनिक नेपाल २०७८ मंसिर ७ गते १२:२८

काठमाडौं, ७ मंसिर । प्रसिद्ध व्यंग्यकार श्याम गोतामेको निबन्धसंग्रह ‘सेन्स, कमनसेन्स, ननसेन्स’ सार्वजनिक भएको छ ।

सिस्नुपानी नेपाल आयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार यादव खरेलले व्यंग्यकृतिको विमोचन गरेका हुन् । खरेलले विमोचन मन्तव्य दिँदै गोतामेका व्यंग्य रचना कालजयी र सार्वकालिक रहेको बताएका छन् । २३/२४ वर्षअघि लेखिएका गोतामेका व्यंग्य निबन्ध आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।

कृतिमाथि साहित्यकार नरेन्द्रराज पौडेलले समीक्षात्मक टिप्पणी गर्दै भैरव अर्याल, केशवराज पिँडाली लगायतले उर्वर पारेको हाँस्यव्यङ्ग्य क्षेत्रमा गोतामेले थप मलजल गरेको बताए । सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले गोतामेको योगदानलाई चीरस्थायी बनाउन परिवारको तर्फबाटै ठोस पहल हुनुपर्ने बताए ।

कार्यक्रममा साहित्यकार राजेश खनालले गोतमालेसँगको सङ्गत स्मरण गरेका थिए । वि.स. १९९६ साल भदौ २६ गते जन्मिएका गोतामेको २०५५ वैशाख १९ गते निधन भएको थियो । जदौ, कयेनावाचा, लगायतका उनका कृति निकै लोकप्रिय छन् ।

प्रतिक्रिया
सम्बन्धित