शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकाको केन्द्रीय बैंक अध्यक्षमा पावेल दोहोरिने

दैनिक नेपाल २०७८ मंसिर ७ गते १०:४९

न्युयोर्क, ७ मंसिर । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा जेरोम पावेल दोहोरिने पक्का भएको छ ।

राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालका लागि पनि पावेललाई नै निरन्तरता दिने निर्णय गरेका हुन् ।

पावेललाई यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए । कोरोना महामारीले अर्थतन्त्रमा निम्ताएको समस्यालाई कुशलतापूर्वक नेतृत्व गरेकाले पुनः नियुक्ति गरिएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सिनेटले अनुमोदन गरेपछि पावेलले दोस्रो कार्यकाल अध्यक्षका रुपमा काम गर्न पाउने बीबीसीले जनाएको छ । अमेरिकाको केन्द्रीय बैंकको अध्यक्ष को हुने भन्ने विषय विश्व अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण मानिन्छ । पावेलको पहिलो चार वर्षे कार्यकाल आउँदो फेब्रुअरीमा सकिँदैछ ।

प्रतिक्रिया
सम्बन्धित