मंगलबार, १४ मंसिर २०७८
DainikNepal.com
मंगलबार, १४ मंसिर २०७८

सबैभन्दा धेरै मतसहित तरुण अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित

दैनिक नेपाल २०७८ मंसिर ७ गते ८:१५

जावलाखेल, ७ मंसिर । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सोमबार ललितपुको क्षेत्र नं. ३ मा भएको क्षेत्रीय अधिवेशनबाट अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

बस्नेतले खुलातर्फ उम्मेदवारी दिएका थिए । उनले २७८ मत पाएका छन् । ३९९ मत रहेको क्षेत्र नं. ३ मा २७८ मत ल्याएर जितेपछि बस्नेतले सबै मतदाताहरूलाई धन्यावाद दिएका छन् ।

तरुण अध्यक्ष बस्नेतले १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै बस्नेतलाई केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न बाटो खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित