
काठमाडौँ, ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा एक हजार ३८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ९२१ र एन्टिजेन विधिबाट २ हजार ७७६ एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ३८५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख १४ हजार ७१८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २५८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ६१७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेको छ ।
हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५०० जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया