२ कार्तिक २०८३, सोमबार

बलिउडका तीन ठूला फिल्म एकै पटक भिड्ने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता आमिर खान र करिना कपूर अभिनित बहुप्रतीक्षित चलचित्र ‘लाल सिंह चड्ढा’को रिलिज मिति स्थगित गरिएको छ ।

सन् २०२२ को प्रणय दिवस अर्थात फेब्रुअरी १४ मा उक्त चलचित्रको रिलिज मिति तोकिएको थियो ।

अब चलचित्रको नयाँ रिलिज मिति सन् २०२२ अप्रिल १४ मा तोकिएको छ । नयाँ रिलिज मितिसँगै अब चलचित्र अर्का दुई ठूला चलचित्रसँग जुध्ने पक्का भएको छ ।

साउथ सुपरस्टार यशको ‘केजीएफ २’ र बलिउड अभिनेता वरुण धवन र कृति सेननको ‘भेडिया’सँग उक्त चलचित्रको भिडन्त हुने भएको छ ।

यी चलचित्रहरूको वर्ष २०२१ को सुरुवातमा नै रिलिज मिति तोकिएको थियो ।