१ कार्तिक २०८३, आइतबार

उम्मेदवारी घोषणा गर्न आकस्मिक पत्रकार सम्मेलन गर्दै भीम रावल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् ।

पार्टीको आसन्न दशौं राष्ट्रिय महाधिवेशनमा आफ्नो उम्मेदवारीलगायत विषयमा जानकारी दिन उनले रिपोटर्स क्लबमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ । यद्यपि कुन पदका लागि उनले उम्मेदवारी घोषणा गर्दैछन् त्यो भने खुलाइएको छैन ।

यसअघि गृहजिल्ला पुगेर फर्किएका रावलले पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने संकेत गरेका थिए ।

उनले आज आइतबार दिउँसो पौने ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । रावलका सहयोगी एकिन्द्र कुँवरका अनुसार उनले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।