शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दैनिक नेपाल २०७८ मंसिर ५ गते १३:१४

झापा, ५ मंसिर । दमक नगरपालिका–४ बस्ने शेरबहादुर कार्कीको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ६६ वर्षीय विश्वराज पराजुली लगायत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा पैसाको हारमार हुने गरी जुवातास खेल भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५६ हजार ३ सय ५० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित