४ मंसिर २०८३, शुक्रबार

काठमाडौं प्रहरी प्रमुखमा गिरी, सिंहलाई विमानस्थल तानियो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेपाली प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखको सरुवा गरेको छ ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरेको छ । गिरी यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवा विमानस्थल कार्यालयमा सरूवा गरिएको छ ।

एसएसपी सिंहको एक महिना अगाडि सरुवा भएको थियो । आफ्नो सरुवालाई राजनीतिक पावर लगाएर थमौती गरेका थिए । जति नै पावर लगाए पनि एसएसपी सिंहको सरुवा भएको छ ।

यसैबीच, हेडक्वाटरले एसएसपी दीपक थापाको पनि सरुवा गरेको छ । थापालाई तालिम शाखामा सरूवा गरिएको छ ।