काठमाडौं, ५ मंसिर । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्यको सरुवा भएको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको पनि सरुवा भएको छ । एसएसपी बज्राचार्यले सेवाग्राहीलाई सहयोग नगरेको भनेर आरोप लागेका थिए ।
नेपाल प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले लुम्बिनी प्रदेशको प्रहरी प्रमुख र ललितपुर प्रहरीको प्रहरी प्रमुखको सरुवा भएको बताएका छन् ।
आचार्यलाई तानेर डीआईजी प्रकाश अधिकारीलाई लुम्बिनी प्रहरीको प्रमुखमा सरुवा गरिएको छ । अधिकारी प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा थिए ।
प्रवन्ध निर्देशनालयको जिम्मेवारी डीआईजी बसन्त लामालाई दिइएको छ । ललितपुर प्रहरी प्रमुख बज्राचार्यलाई प्रहरी मुख्यालय नक्शालमा तानिएको छ ।
ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी यज्ञविनोद पोखरेलले पाएका छन् । पोखरेल प्रहरी प्रधान कार्यालय नक्शालमा थिए ।















प्रतिक्रिया