लमही, ५ मंसिर । दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ नारायणपुरमा दुर्घटनामा परेको हो । सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसमा ३९ यात्रु सवार थिए ।
बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ ।
बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको थियो ।











प्रतिक्रिया