शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित

दैनिक नेपाल २०७८ मंसिर ५ गते ७:५३

लण्डन, ५ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड वाट्फोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।

वाट्फोर्डका जोसुवा किङ, स्माइल सार, जोआ पेड्रो र इम्मानुएल डेनिसले एकरएक गोल गरे । युनाइटेडका डोनी भान डी विकले एक गोल फर्काए । ६९ औं मिनेटमा ह्यारी मग्वायरले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै वाट्फोर्डले १२ खेलमा १३ अङ्क जोडेको छ । वाट्फोर्ड १६ औं स्थानमा उक्लिएको छ । युनाइटेड १७ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित