३ कार्तिक २०८३, मंगलबार

अमेरिकी उप–राष्ट्रपति कमलालाई १ घण्टा २५ मिनटको राष्ट्रपतीय अधिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ४ मंसिर । अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाएकी छिन् ।

राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट राष्ट्रपतीय अधिकार पाएको ह्वाइट हाउसले जनाएको छ ।

योसँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बनेकी छिन् । उनलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

अमेरिकाको उप–राष्ट्रपतिमा पहिलो पटक महिला उप–राष्ट्रपति बनेकी ह्यारिस एसियन–अमेरिकनमूलकी हुन् ।