शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

खेलकुद परिषदको सदस्य सचिवका लागि दरखास्त आह्वान

दैनिक नेपाल २०७८ मंसिर ४ गते ८:१६

काठमाडौं, ४ मंसिर । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य–सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना निकालेर राखेप सदस्य–सचिवका लागि दरखास्त आह्वान गरेको हो । खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) अनुसार योग्यता पुगेका र अनुभव प्राप्त इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) अनुसार गठित सदस्य–सचिव सिफारिस समितिले राखेपको सदस्य–सचिव छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । सरकारले गएको कार्तिक एक गते राखेपका सदस्य–सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो।

सिलवाल २०७६ असारमा पहिलो पटक राखेप सदस्य–सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ साउनमा पुनः नियुक्त गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित