८ कार्तिक २०८३, आइतबार

डाँका मुद्दामा ६ वर्ष कैदसहित ७४ हजार जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, २ मंसिर । डाँका मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७३ चैत ७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ७४ हजार ५ सय ५० रुपैयाँ सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।