मंगलबार, १४ मंसिर २०७८
DainikNepal.com
मंगलबार, १४ मंसिर २०७८

टी–२० क्रिकेटमा भारतसँग न्युजिल्याण्ड पहिलो पटक पराजित

दैनिक नेपाल २०७८ मंसिर २ गते ७:२९

लण्डन, २ मंसिर । भारतले पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्डलाई हराएको छ । ​जयपुरमा गएराति भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो ।

जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्माले ४८ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए ।

टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय पारी खेले ।

गुप्टिलले ७० तथा मार्कले ६३ रन जोडे । भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २–२ विकेट लिए । दीपक चाहर र मोहमद सिराजले १–१ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित