आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले अंक बाँडे

दैनिक नेपाल २०७८ मंसिर १ गते १०:५७

लण्डन, १ मंसिर । फिफा विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेल्दै अंक बाँडेका छन् । चिर प्रतिद्वन्द्वी ब्राजिलसँग बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा छनोट हुन अझै केही समय कुर्नुपर्ने भएको छ ।

यो खेलमा जित निकालेको भए अर्जेन्टिनाले कतार विश्वकपका लागि स्थान बनाउने थियो । तर अब उसले अरु खेलसम्म पर्खिनु पर्ने भएको छ । समूहको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै कतार विश्वकपमा छनोट भइसकेको छ । समूहको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको विश्वकपमा छनोट हुने सम्भावना भने बलियो छ ।

आज बिहान सम्पन्न दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना दुवैले गोल गर्ने राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन् ।घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले गोल गर्ने केही राम्रा मोका बनाए पनि सफल हुन भने सकेन । अर्जेन्टिनाले तीन तथा ब्राजिलले दुई पटक पोस्टमा प्रहार गरेका थिए । अन्तिम समयमा मेस्सीले गरेको प्रहार ब्राजिलको गोलकिपरले उत्कष्ट बचाउ गरेका थिए ।

आज अर्जेन्टिनाविरूद्ध ब्राजिल नेयमारबिनै मैदान उत्रेको थियो । खुट्टामा चोट बोकेका नेइमार अझै केही समय मैदान बाहिरै रहनेछन् । बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ । अर्जेन्टिनाको समान १३ खेलबाट २९ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित