लण्डन, १ मंसिर । चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ ।
२० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन ।
कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ ।
विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलातको जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो ।
विश्वको कुल सम्पत्तिमध्ये चीनले एकतिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ । चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको छ ।
सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो । तर २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक(तिहाई हिस्सा चीनको रहेको छ ।















प्रतिक्रिया