आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एन्फा अध्यक्ष शेर्पा र एएफसीका अध्यक्ष सलमानबीच भेटवार्ता

दैनिक नेपाल २०७८ कार्तिक ३० गते ७:१०

काठमाडौं, ३० कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका छन् ।

बहराइनमा सोमवार भएको भेटमा अध्यक्ष शेर्पाले नेपालमा फुटबलको विकासमा निरन्तर सहयोग गरेकोमा एएफसीलाई धन्यवाद दिए ।

शेर्पाले निकट भविष्यमा नेपाल भ्रमण गर्न दिएको निमन्त्रणाप्रति एएफसीका प्रमुख सलमानले सकारात्मक जवाफ दिएका छन् ।

शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्ने प्रस्ताव पनि राखेका छन् । शेर्पाले अध्यक्ष सलमानलाई नेपालको जर्सी पनि प्रदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित