८ कार्तिक २०८३, आइतबार

पसलबाट ४० थान मोबाइलसहित साढे ५ लाख बराबरको धनमाल चोरी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

तनहुँ, २९ कात्तिक । भानु नगरपालिका–९ बाइसजागर बजारस्थित सन्तोष श्रेष्ठको कालिका मोबाइल पसलबाट ४० थान मोबाईल, २५ थान घडी र नगद १५ हजार रुपैयाँ गरी करिब ५ लाख ५७ हजार रुपैयाँ मूल्य बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

उक्त पसलको ढोका फोडेर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डुम्रे र प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।