लण्डन, २९ कात्तिक । कोरोनाविरुद्धको पूर्ण खोप नलगाएका करिब दुई लाख नागरिकहरुलाई लक्षित गरी युरोपेली देश अष्ट्रियामा सोमबारबाट लकडाउन सुरु गरिएको छ ।
यस निर्णयअनुसार कोरोनाविरुद्धको पूर्ण खोप नलगाएका व्यक्तिहरु अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाउने छैनन् ।
अर्थात् १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई नोकरी गर्न, खानेकुरा किन्न, खोप लगाउन, डाक्टरलाई भेट्न बाहेक हिंडडुल गर्न पाउने छैनन् । पहिलो डोज लगाएकाहरू पनि कोरोना परीक्षण नेगेटिभ रिपोर्ट भएमा मात्र हिंडडुल गर्न अनुमति छ ।
अष्ट्रियामा पश्चिम युरोपमा कोरोनाविरुद्धको खोपको मात्रा सबैभन्दा कम दिइएको छ । अष्ट्रियामा हालसम्म कूल जनसंख्याको ६५ प्रतिशतले मात्र खोपको पूर्ण मात्रा लगाएका छन् । देशमा पछिल्लो केही हप्तायता संक्रमण फेरि बढ्दै गएको देखिएको थियो ।















प्रतिक्रिया