बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘सम्हालिन्छ कहिले मन’ फागुन २७ गते रिलिज हुने

दैनिक नेपाल २०७८ कार्तिक २८ गते ९:३८

काठमाडौं । ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट घोषणा गरिएको छ ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी सिनेमा फागुन २७ गते देशव्यापी प्रदर्शन हुने भएको छ । फिल्मले शुक्रबार रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेको छ ।

अघिल्लोपटक कोरोभाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनले दुईपटक फिल्मको प्रदर्शन मिति सारिएको थियो । सम्हालिन्छ कहिले मनको जारी पोस्टरमा तीन मुख्य पात्रलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

कभर गायक सोनम तोप्देनले यही सिनेमाबाट अभिनयमा डेब्यू गर्दैछन् । उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रुचाइएका गायक हुन् । सुदर्शन थापाले फिल्मको निर्देशन गरेका छन् ।

फिल्मका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा हुन् । बेलायत र नेपालमा छायांकन गरिएको म्युजिकल लभस्टोरी सिनेमालाई दर्शकले मन पराउने विश्वास निर्माता अजित कुमार थापाले लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित