आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

फ्रान्ससँग काजकस्तान ८–० ले पराजित, विश्वकपमा छनौट

दैनिक नेपाल २०७८ कार्तिक २८ गते ९:३३

लण्डन, २८ कात्तिक । केलियन एम्बाप्पेको ह्याट्रिकसहित चार तथा करिम बेन्जेमाको दुई गोलको सहयोगमा फ्रान्सले काजकस्तानमाथि ८–० को सानदार जित निकाल्दै कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको छ ।

शनिबार राति युरोपेली छनोट अन्तर्गत घरेलु मैदानमा फ्रान्सले काजकस्तानमाथि एकतर्फी जित निकाल्ने क्रममा केलियन एम्बाप्पे, करिब बेन्जेमा, एड्रिएन राविओट र एन्टोइन ग्रिजमनले गोल गरे ।

यो जितसँगै फ्रान्स समूह डीबाट एक खेल अगावै छनोट भएको हो। विश्वविजेता फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेको छ। आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ ।

फ्रान्सको पार्क डेस प्रिन्सेसमा एम्बाप्पेले पहिलो हाफको ३२ मिनेटभित्रै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । खेलको छैठौं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएका एम्बाप्पेले १२औं मिनेट दोस्रो गोल गरे । यस्तै ३२औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

पहिलो हाफमा ३(० ले अघि रहेको फ्रान्सले दोस्रो हाफमा थप ५ गोल गर्‍यो । ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई ४–० ले अघि बढाए ।
४ मिनेटपछि बेन्जेमाले व्यत्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५–० को अग्रतामा पुर्‍याए ।

खेलको ७५औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै फ्रान्सलाई ६–० को अग्रता दिलाउँदा ८४औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै फराकिलो अग्रता बनाए । नउले पेनाल्टीमार्फत गोल गरेका थिए । खेल सकिन ३ मिनेट बाँकी हुँदा एम्बाप्पेले व्यक्तिगत चौथो तथा टोलीको लागि आठौं गोल गर्दै फ्रान्सलाई सानदार जित दिलाए ।

यो जितपछि अपराजित रहेको फ्रान्स ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो । पराजित काजकस्तान ३ अंक जोडेर समूहको पुछारमा रह्यो ।

यही समूहको अर्को खेलमा फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ३–१ ले हराउँदै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ ।

यो जितपछि फिनल्यान्ड ७ खेलबाट ११ अंक जोडेर दोस्रो स्थनमा रहेको छ । बोस्निया ७ अंक जोडेर चौथो स्थानमा रहँदा युक्रेनको ९ अंक छ । छनोटको अन्तिम खेलमा फिनल्यान्डले फ्रान्ससँग खेल्दैछ । युक्रेनले बोस्नियासँग खेल्दैछ । यो खेलबाट प्ले अफ पुग्ने टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित