आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

युरोपियन छनोटमा इङ्ग्ल्यान्डसँग अल्बानियाको फराकिलो हार

दैनिक नेपाल २०७८ कार्तिक २७ गते ८:४२

लण्डन, २७ कात्तिक । इङ्ग्ल्यान्डले फिफा विश्व कप कतार–२०२२ को युरोपियन छनोटमा अल्बानियालाई ५–० गोलले हराएको छ ।

कप्तान ह्यारी केनको ह्याट्रिकमा इङ्ग्ल्यान्डले अल्बानियालाई फराकिलो अन्तरले हराएको हो ।

वेम्बलीमा गएराति भएको खेलमा घरेलु टोलीका लागि केनले खेलको १८ औँ, ३३ औँ र पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । इङ्ग्ल्यान्डले ह्यारी मागुइरीले खेलको नवौँ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो । त्यस्तै २८ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गरे ।

इङ्ग्ल्यान्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अङ्कसहित शीर्षस्थानमा रहेको छ । इङ्ग्ल्यान्डलाई विश्व कपमा सोझै छनोट हुन एक अङ्क आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित