शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘ओभर डोज’को बोल्ड सिनसहितको ट्रेलर रिलिज

दैनिक नेपाल २०७८ कार्तिक २६ गते १८:५६

काठमाडौं । मंसिर १७ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘ओभर डोज’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।

महिला प्रतिको आकर्षण, प्रेम, एक्सन समेटिएको ट्रेलर हलिउड शैलीमा निर्माण गरिएको छ । अमेरिकामै सम्पूर्ण छायाङ्कन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिको संयुक्त ब्यानरमा बनेको हो । फिल्मका निर्देशक सुमन पौडेल हुन् ।

प्रनिशराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म जीवनकुमार केसीले निर्माण गरेका हुन् । निर्माता जीवनकुमार केसीले फिल्म युवापुस्ताको रुचीलाई ध्यानमा राखेर निर्माण गरेको बताए ।

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाइको छायाङ्कन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि।जि ग्रूप उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।

फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले ‘ओभर डोज’ रिलिज गर्न लागेको वितरक करण श्रेष्ठको भनाई रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित