बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ता

दैनिक नेपाल २०७८ कार्तिक २६ गते १०:३८

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत विवादमा परेकी छिन् ।

आफ्नै अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध आम आदमी पार्टीकी एक नेताले उजुरी हालेकी छिन् ।

अभिनेत्री​ कंगनाले भारतको स्वतन्त्रतालाई भिखको संज्ञा दिएकोमा उनको भनाईलाई देशद्रोही अभिव्यक्ति भन्दै आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्माले मुम्बई प्रहरीमा उजुरी हालेकी हुन् ।

यसअघि भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेत्री कंगना यस्तै किसिमका अभिव्यक्तिका कारण बारम्बार विवादमा परिरहन्छिन् ।

यसअघि उनको अभिव्यक्तिमा समर्थन जनाउने गरेको भारतीय जनता पार्टीका नेतारकार्यकर्ताले पनि पछिल्लो समय विरोध गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित