८ कार्तिक २०८३, आइतबार

देउवा–खुमबहादुर समूहबाट दाङ– २ को सभापतिमा खड्का र श्रेष्ठ उम्मेदवार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २६ कात्तिक । नेपाली कांग्रेसको दाङ जिल्ला क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

घोराहीमा बिहीबार बसेको सभापति शेरबहादुर देउवा र स्व.खुमबहादुर खड्का समूहका नेताहरूको बैठकले खड्कालाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले जानकारी दिए ।

कांग्रेस क्षेत्र नम्बर २ ‘क’को सभापतिमा प्रकाश श्रेष्ठ ‘लाला’लाई उम्मेदवार बनाउने सहमति भएको छ ।

सभापतिका उम्मेदवारहरू बनाउन कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका सांसद अर्जुनकुमार श्रेष्ठको ठूलो भूमिका रहेको नेता खनालले बताए ।

सभापति देउवा र स्व.खुमबहादुर खड्का निकटका नेताहरूले मिलेर दाङको अधिवेशनमा प्रतिस्पर्धा गर्ने रणनीति बनाएका छन् ।

क्षेत्र नं. २ ‘ख’को सभापतिमा शुक्रबार टुंगो लगाउने तयारी भएको छ । त्यसका लागि नेताहरू आन्तरिक परामर्शमा छन् ।

बिहीबारको बैठकमा कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका सांसद अर्जुनकुमार श्रेष्ठ, पूर्वसांसद राजु खनाल, भुपबहादुर डाँगी, गोपालराज शर्मा, भरतराज न्यौपाने, श्याम रेग्मी, हरिनाथ योगी, पुरुषोत्तम शर्मा, रमेश पाण्डे, केशव नेपाली लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।