४ मंसिर २०८३, शुक्रबार

वकिलहरूले आज चालेन्द्रशम्शेर जबरालाई सर्वोच्च छिर्न नदिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने भएको छ ।

बिहीबार सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै शुक्रबार बिहान १० बजेअघि नै भेला भएर आन्दोलन गर्न लागेको बारले जनाएको छ ।

बार एसोसिएशनका महासचिव लीलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानून व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन आग्रह गरेको जानकारी दिएका छन् ।

प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारले चेतावनी दिएको छ ।

सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपील गरेको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ । आन्दोलनकै कारण सयौँ मुद्दाको सुनुवाइ प्रभावित बनेको छ ।