८ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद् विस्तारमा कठिनाइ, मन्त्रालय थप्ने तयारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।

सत्तारुढ दलहरूका बीच मन्त्रालयको भागबण्डामा कुरा नमिलेपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मन्त्रिपरिषद् विस्तारमा कठिनाइ भएको हो । बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे नेकपा (एकीकृत समाजवादी)का नेता हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा)सँग सहकार्य गरेका छन् । दलहरूका बीच भागबण्डामा कुरा नमिल्दा दुई हप्तासम्म पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

बागमती प्रदेश सरकारमा ८ वटा मन्त्रालय छन् । कुन दलले कति मन्त्रालय पाउनेभन्नेबारेमा सहमति हुन सकेको छैन ।

मन्त्रालयलाई विभाजन गरी १३ वटासम्म बनाउने गरि तयारी भइरहेको स्रोतको भनाइ छ । १४ सदस्यीय मन्त्रिपरिषद् गठन हुन सक्ने बागमती प्रदेशका एक मन्त्रीले बताएका छन् ।

निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एउटा मन्त्रालय विभाजन गरेर मन्त्रालयको संख्या ८ पुर्‍याएकी थिइन् ।

शाक्यले ८ मन्त्रालयमा ८ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी थिइन् ।

संविधान अनुसार कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री नियुक्त गर्न पाउने व्यवस्था छ ।

सोही अनुसार बागमती प्रदेशमा मन्त्रिपरिषद् सदस्यको संख्या बढीमा २२ सदस्यीयसम्म हुन सक्ने स्रोतको भनाइ छ ।

साढे ३ वर्षसम्म तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ७ मन्त्री र १ राज्यमन्त्रीबाट प्रदेश सरकार चलाएका थिए ।