४ मंसिर २०८३, शुक्रबार

जबराले तोके १७७ मुद्धाको पेसी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार १७७ मुद्दाको पेसी तोकेका छन् ।

प्रधानन्यायाधीशले तोकेको पेसीमा अधिकांश बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा रहेका छन् । न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै इजलास बहिष्कार गर्दै आएका छन् ।

पछिल्लो समय दुई पक्षीय छलफलमा बन्दीप्रत्यक्षीकरणको मुद्दा भने हेर्न न्यायाधीशहरू सहमत भएका छन् । इजलास गठन गर्ने बेला प्रधानन्यायाधीशले अधिकांश मुद्दा बन्दी प्रत्यक्षीकरणभन्दा बाहेकको रहनेगरी पेशी तोकेका हुन् ।

प्रधानन्यायाधीशले न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालाल माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल, नहकुल सुवेदीको एकल इजलास र आफ्नै पूर्ण गरी ९ इजलास गठन गरेका छन् ।