बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकी गायकको कन्सर्टमा आठ जनाको मृत्यु

दैनिक नेपाल २०७८ कार्तिक २५ गते १०:३१

लसएञ्जलस । अमेरिकी र्‍यापर ट्राभिस स्कटको कन्सर्टमा दुखद् घटना भएको छ ।

शुक्रबार राति आयोजित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा ट्राभिसले गीत गाइरहँदा दर्शकहरूको मृत्यु भएको हो । कन्सर्टमा दर्शकको भिडभाडमा किचिएर र निस्सासिएर कयौं बेहोस भएका थिए । त्यही क्रममा आठ जनाको मृत्यु भएको सिएनएनले लेखेको छ ।

सिएनएनका अनुसार उक्त कन्सर्ट टेक्सासको हाउस्टनस्थित एनआरजी पार्कमा भएको थियो। त्यसमा करिब पचास हजार दर्शक उपस्थित थिए ।

ट्राभिसले गाउन थाले, तब भिड उत्तेजित भयो । उनीहरू सबै अगाडितिर उर्लिएर हुत्तिन थाले । साह्रै कोचमकोच भएपछि अक्सिजन कम भएर मान्छेहरू बेहोस हुन र मर्न थालेको सिएनएनले लेखेको छ । यसरी मृत्यु हुनेमा १४ वर्षदेखि २७ वर्ष उमेरका छन् ।

उनीहरू १४, १६ र २७ वर्षका एक एक जना र २१ र २३ वर्षका दुई जना छन् भने एक जनाको उमेर खुलेको छैन । २५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ । उनीहरूमध्ये पाँच जना १८ वर्षभन्दा कम उमेरका छन् ।

कन्सर्टको थिचोमिचोमा परेर दर्शकको मृत्यु भइरहँदा र्‍यापर ट्राभिस गाइरहेका थिए । कन्सर्टको सार्वजनिक भिडिओमा उनी बीचमा अलमल परेका देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित