आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

न्यूजिल्याण्ड ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, इंग्ल्याण्ड स्तब्ध

दैनिक नेपाल २०७८ कार्तिक २५ गते ७:२३

युएई, २५ कात्तिक । न्यूजिल्याण्ड जारी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डलाई पाँच विकेटले पराजित गरेर न्यूजिल्याण्डले फाइनलमा स्थान बनाएको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको १६७ रनको लक्ष्य न्यूजिल्याण्डले १९ ओभरमा मात्रै पाँच विकेटको क्षतिमा भेट्टाएको हो ।

न्यूजिल्याण्डको जितमा डारल मिचेलले ४७ बलमा नटआउट ७२ रनको योगदान दिए । यस्तै डेभन कनवेले ३८ बलमा ४६ तथा जिमी निशमले ११ बलमा २७ रन बनाए।

पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले चार विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि मोइन अलीले ३७ बलमा नटआउट ५१, डविड मालनले ३० बलमा ४१ तथा जोस बट्लरले २४ बलमा २९ रन बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित