काठमाडौं, २४ कात्तिक । सिन्धुपाल्चोकमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ की जानुका भन्ने सरस्वती पराजुलीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
चौताराबाट काठमाडौँ आउँदै गरेको बा २ ख २६१२ नम्बरको हाइस बस पोखरे भन्ने ठाउँमा मंगलबार दिउँसो १२ः५५ बजे दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार माइक्रो सडकबाट करिब ७–८ मिटर तल खसेको थियो ।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।











प्रतिक्रिया