४ मंसिर २०८३, शुक्रबार

हेटौँडामा भएको दुर्घटनामा दुई जनाको मृत्यु, १५ यात्रु घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २४ कात्तिक । मकवानपुर जिल्लाको हेटौँडा उप–महानगरपालिका–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार मध्यराति भएको दुर्घटनामा बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन् ।

जनकपुरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका १५ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक पनि घाइते छन् ।