४ मंसिर २०८३, शुक्रबार

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २३ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी अघिल्लो मंगलबार सपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन दलबीच सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ ।

कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गरेका थिए ।