४ मंसिर २०८३, शुक्रबार

आन्दोलनकारी न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गरे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरूले आज पनि इजलासमा बस्न अस्वीकार गरेका छन् ।

आन्दोलनरत न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले इजलास तोकेको भन्दै बहिस्कार गरेका हुन् ।

सर्वोच्च अदालतलाई नियमित काममा फर्काउने प्रधानन्यायाधीश जबराको प्रयास विफल भएको छ ।

आफ्नो राजीनामा मागेर आन्दोलनरत १९ न्यायाधीशसँग प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्ने र आफ्नो इजलास नराख्ने सहमति गरेका थिए ।

यसअघि सहमति अनुसार बन्दी प्रत्यक्षीकरणको मुद्दाको मात्र पेशी तोकेका प्रधानन्यायाधीश जबराले मंगलबार भने नियमित ढंगले इजलास तोकेपछि न्यायाधीशहरू इजलासमा नबसेका हुन् ।

प्रधानन्यायाधीश जबराले मंगलबार न्यायाधीशहरु तेजबहादुर केसी र डा.मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिटका साथमा १२ वटा मुद्दा राखेका थिए ।

आफ्नो एकल र अरु न्यायाधीशको ८ वटा संयुक्त इजलासमा भने बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेशी तोकेका थिए ।

न्यायाधीश केसी र शर्माको इजलासले एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरेको छ भने बाँकी मुद्दा हेर्न नभ्याइनेमा राखेको छ । अरु न्यायाधीशको भने इजलास नै बसेन ।