४ मंसिर २०८३, शुक्रबार

मोतीपुर घटनामा मृत्यु भएकाले क्षतिपूर्ति पाउने, पाण्डेको बढुवा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले जनही ५ लाख ५० हजार दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपियाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

असोज २४ गते अतिक्रमण भएको सरकारी जमीन खाली गराउन खोज्दा एक समूह सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो । बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन खोज्दा भएको झडपमा चार जनाको मृत्यु भएको थियो ।

सरकारले नेपाल कृषि तथा वन सेवा समूहतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको छ ।

कीर्तिपुर नगरपालिका र चीनको हुवाइ प्रान्त हु ह्याङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न अनुमति दिने सरकारले निर्णय गरेको छ ।