४ मंसिर २०८३, शुक्रबार

टीका लगाउन माइत आउँदै गरेकी दिदी नदीमा बेपत्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बिएल बुढा

डोल्पा, २३ कात्तिक । ढिला गरी प्राप्त समाचार अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–७ की घरबाट दाजुभाइलाई तिहारको टीका लगाउन माइत हिँडेकी एक जना महिला जगदुल्ला नदीमा लडेर वेपत्ता भएकी छिन् ।

मुड्केचुला गाउँपालिका–२ कालिकास्थित माइतीतर्फ आउँदै गरेको बेला १९ वर्षीया ईश्वरी शाही सिंह नदीमा लडेर वेपत्ता भएकी हुन् । शाहीसँगै नदीमा खसेकी उनकी ३ वर्षीया छोरी लक्ष्मी सिंहलाई भने स्थानीयले उद्धार गरेका थिए ।

उनी जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–७ बाट माइत गएकी थिइन् ।