१ कार्तिक २०८३, आइतबार

आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतसँग नामिबिया पराजित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई, २३ कात्तिक । आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले नामिबियालाई नौ विकेटले हराएको छ ।

सोमबार राति यूएईको दुबईमा नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले २८ बल अघि मात्रै एक विकेट गुमाएर भेट्टायो । भारतका लागि के एल राहुलले नटआउट ५४ र सूर्यकुमार यादवले २५ रन बनाए । रोहित शर्मा ५६ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । उसका लागि डेविड वाइजले २६ र स्टेफिन ब्राडले २१ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३र३ विकेट लिए ।

भारत र नामिबिया यसअघि नै सेमिफाइनल नपुगी बाहिरिसकेकाले हिजोको खेल प्रतिष्ठाको लागि मात्रै थियो ।

यसैबीच, भारतीय कप्तान विराट कोहली कप्तानीबाट अलग भएका छन् । विश्व कप क्रिकेटपछि कप्तानी छाड्ने यसअघि नै घोषणा गरेअनुसार विराटले कप्तानी छाडेका हुन् ।

विश्व कप क्रिकेटको सेमिफाइनलमा भोलि न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा पर्सि पाकिस्तान र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आइतवार हुनेछ ।