८ कार्तिक २०८३, आइतबार

को हुन् रिटायर्ड भएको भोलिपल्टै देउवाको सल्लाहकार बन्ने ‘भाग्यमानी’ ?

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । स्वास्थ्य मन्त्रालयमा आजकल प्रधानमन्त्रीका एक सल्लाहकार निकै चर्चाको विषय बनेका छन् । उनी हुन्, अवकाश पाएको भोलिपल्टै नियुक्ति पाउने भाग्यमानी डा. आरपी बिच्छा । उमेर हदका कारण २०७८ कात्तिक ७ गते सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका डा. बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य सल्लाहाकार बनाएका छन् ।

बिच्छा उनै व्यक्ति हुन्, जो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीबाट रिटायर्ड भएको भोलिपल्ट नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुईवर्ष कार्यकाल थप गरी सल्लाहकारमा नियुक्त गरेको छ ।

आखिर बिच्छामा त्यस्तो के खुबी छ ? जो रिटायर्ड भएको भोलिपल्टै नियुक्ति पाउन सफल भए ? स्वास्थ्य मन्त्रालयमा उनी अत्यन्तै विवादित र भ्रष्ट छविका कर्मचारी भनेर आलोचित छन् । उनको ठाउँमा वरिष्ठ चिकित्सकसमेत रहेका दीपेन्द्ररमण सिंहलाई लगिएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएसँगै विवादित बिच्छालाई हटाएर सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । तर, कमिशन नाइकेको रुपमा उपाधि पाएका उनै बिच्छा अहिले प्रधानमन्त्रीको रोजाईमा परेका छन् ।

उनलाई नियुक्ति गर्न प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको समेत भूमिका रहेको स्रोतको दाबी छ । अति विवादित र भ्रष्ट छविका बिच्छा विभागको महानिर्देशकदेखि प्रधानमन्त्रीको सल्लाहकार बन्ने हैसियत कसरी बनाए भन्दै स्वास्थ्यका कर्मचारीहरूलेआश्चर्य व्यक्त गरेका छन् । यसअघि कोरोना महामरी चरम उत्कर्षमा पुग्दा उनले अत्यन्तै विवादित र भ्रष्ट छवि बनाएका थिए । स्वास्थ्य सेवा विभागको कोरोना महामारी नियन्त्रण र रोकथामका लागि विदेशी मुलुकबाट करिव २२ देखि २५ अर्व रकम बराबरको खोप खरिद गरी ल्याउने लक्ष्य छ । खोप खरिद बापत प्राप्त हुने करोडौं कमिशन कसले पड्काउने भन्ने हानथाप मन्त्रालय भित्र चलेको बताइन्छ । त्यही सेटिङ्ग मिलाउन बिच्छालाई सरकार बाहिर पठाउन नचाहेको स्रोतको दाबी छ ।

कांग्रेस पार्टीका लागि जीवन समर्पित गरेका नेता, कार्यकर्तालाई लत्याएर राष्ट्रिय योजना आयोगदेखि प्रधानमन्त्री कार्यालय हुँदै सल्लाहकारमा समेत प्रधानमन्त्री देउवाले विवादित छवि र बदनाम पात्रहरूलाई नियुक्ति दिइरहेका छन् ।