१ कार्तिक २०८३, आइतबार

सल्यानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २२ घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । सल्यानमा आइतबार बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ३१ जना यात्रुमध्ये ९ जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, अन्य सबै घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजी भरहेको जनाइएको छ ।