
काठमाडौँ, २० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार १३४ र एन्टिजेन विधिबाट १ हजार ७९८ एन्टिजेन परीक्षण गरिएकोमा १३९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख ९ हजार २३२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३९६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९४ हजार ८३४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १४४ जना रहेको छ ।
हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४३९ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया