
काठमाडौँ, २० कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले आफन्त बहिनीहरुबाट भाइटीका लगाएका छन् ।
उपराष्ट्रपति पुनले लैनचौरस्थित निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाइदिए । सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार दिए ।















प्रतिक्रिया