
काठमाडौं, १९ कात्तिक । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै कुनैपनि हालतमा रोक्नुपर्ने बताएका छन् ।
दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटको फतुवा विजयपुर नगरपालिका–३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता साहले एमसीसी देश र जनताको हितमा नरहेको र संसदबाट अनुमोदन गरे देशमा द्वन्द्व निम्तिने बताएका छन् ।
साहले माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको भन्दै यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताए ।
‘तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले देशमा एमसीसी सम्झौता गर्नका लागि सरकार लालायित छ । केही अर्ब पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक छ’, नेता साहले भने, ‘कांग्रेस मात्र होइन कम्युनिष्ट खोल ओढेका माधव र प्रचण्ड र जसपा र सा पार्टीका उपेन्द्र यादव पनि एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन् ।’















प्रतिक्रिया