१ कार्तिक २०८३, आइतबार

देशभर थप १८३ जनामा कोरोना पुष्टि, ६४९ निको, २ को मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ३०७ र एन्टिजेन विधिबाट २ हजार ५३७ एन्टिजेन परीक्षण गरिएकोमा १८३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ९ हजार ९३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६४९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९४ हजार ४३८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेको छ ।

हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।