१ कार्तिक २०८३, आइतबार

मोदीलाई नेपाल आउनुस् भनेँः प्रधानमन्त्री देउवा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमण आउन निम्तो दिएको बताएका छन् ।

जलवायु सम्मेलनमा भाग लिएर स्वदेश फर्केर त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले मोदीलाई नेपाल आउन भनेको बताए । यद्यपि आउने मितिबारे चाँहि केही कुरा नभएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ, नेपालमा आउनुस् भनेँ,’ देउवाले भने, ‘उहाँ आउन तयार छु भन्नु भएको छ । उहाँ नेपाल भ्रमणमा आउने मितिको चाहिँ कुरा भएको छैन ।

त्यस्तै, देउवाले अमेरिकाले एमसीसीबारे चासो राखेको र त्यसबारे नआत्तिन भनेको पनि बताए । संसद अर्कै कारणले बन्द गरिएको जनाउँदै दलहरुसँग छलफल गरेर एमसीसीबारे निर्णय गरिने देउवाले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज स्वदेश फर्किएका हुन् । उनी कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।