बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक

दैनिक नेपाल २०७८ कार्तिक १७ गते १०:२३

काठमाडौं । फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।

फिल्मको रिलिज मिति आगामि १७ मंसिर समेत तोकिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा।लिको संयुक्त ब्यानरमा निर्माण भएको छ ।

प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गरेका हुन् । प्रनीषराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म जीवनकुमार केसीले निर्माण गरेका हुन् ।

फिल्म युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण भएको निर्माता जीवनकुमार केसीले बताए । ‘दर्शक हाम्रो भगवान हुन् । उहाँहरूको रुचि फिल्म निर्माणको क्रममा ध्यान दिइएको छ’, निर्माता केसीले भने ।

‘ओभर डोज’ रिलिजको अर्को उदेश्य फिल्म क्षेत्र चलायमान गराउनु समेत रहेको निर्माता केसीले सुनाए । फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ ।

कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जिजि ग्रूप उपत्यका र एफडि कम्पनीले उपत्यका बाँहिर बितरण गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित