आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भारतलाई तनाब दिँदै पाकिस्तान विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

दैनिक नेपाल २०७८ कार्तिक १७ गते ७:५१

दुबई, १७ कात्तिक । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार चार खेल जित्दै पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा २ विकेट गुमाएर एक सय ८९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले ।

कप्तान आजम ७० र रिजवान ७९ रनमा अविजित रहे । नामिबियाका जेन फ्रिलिंक र डेभिड वेजसले एकरएक विकेट लिए । एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन मात्रै बनाउन सक्यो ।

नामिबियाका डेविड वेजस सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० तथा स्टेफेन बार्डले २९ बनाए । पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १–१ विकेट लिए । जितसँगै पाकिस्तानले चार खेलमा आठ अङ्क बनाएको छ ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो । यसअघि समूह एकबाट इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।

पाकिस्तानका शानदार खेलसँगै सेमीफाइनलमा प्रवेश गरेपछि सबैभन्दा धेरै टाउको दुखाइ भारतलाई भएको छ ।

प्रतिक्रिया
सम्बन्धित