
काठमाडौं, १५ कात्तिक । प्रदेश नम्बर १ मा सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।
सोमबार मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख अधिकारीले नयाँ सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्मको समय दिएका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मंगलबार दिनको १ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दावी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया